श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास, १ कात्तिक : देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।

तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् ।

पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुइजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले रु १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो ।

अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन् । गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो । बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि रु १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो ।

दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ । अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ । दुवै अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, निःशुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन् ।

गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन् । चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन् । “आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।” गुल्मीदरबारका स्वास्थ्य संयोजक अर्यालले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार