श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित

टोलीले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, १, कात्तिकः नेपाल-चीनको सीमा कोरला नाका स्थित २४ नंम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वार्टर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा शिविर संञ्चालन गरिएको हो ।
समून्द्री सतहको ४६१० मिटर अग्लो उचाईमा अवस्थित कोरलानाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय व्यापारी, मजदुरका साथै कोरलानाका अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरी सशस्त्र स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मका मुस्ताङका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । शिविरबाट १२६ जना लाभान्वित भएको उहाँको भनाइ छ ।
शिविरमा सशस्त्र प्रहरी अस्पताल पोखराबाट गएका चिकित्सक डा आर्कषा श्रेष्ठलगायतको पाँच जना  र सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मबाट तीन जना गरी आठ जनाको टोली खटिएको थियो । टोलीले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार