मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

काभा भलिबल टोलीको बिदाइ

हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २ गते । बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाइ गरिएको छ ।

नेपाल भलिबल सङ्घले आइतबार टोलीको बिदाइ गरेको हो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो ।

हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भईसकेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षमा उत्सव खड्का रहनुभएको छ । प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको खेलाडीहरुमा कप्तान थापासहित धनबहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत र शैलेन्द्र यादव हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार