श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सल्यानको बागचौर र छत्रेश्वरी स्क्रब टाइफसको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या ९५ पुग्यो

सल्यानमा स्क्रब टाइफस र ज्वरो फैलिँदा थप एकजनाको मृत्यु, संक्रमित ९५ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान, कात्तिक ९ गते ।  सल्यानमा ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएसँगै थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका–५ ढाँकाडामका ४० वर्षीय टेकम चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि आफन्तले उपचारका लागि नेपालगन्ज लगेका चन्दको अस्पतालमै मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार र चन्दलाई स्क्रब टाइफस र डेंगीको जस्तै लक्षण देखिएको थियो ।  उहाँले भन्नुभयो, “रिपोर्ट नआए पनि मुटु र छातीमा समस्या देखिएको डाक्टरहरूले बताएका छन् ।’’

यसअघि असोज अन्तिम सातामा दार्मा गाउँपालिका–३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको पनि उच्च ज्वरोका कारण मृत्यु भएको थियो । पछिल्लो समय गाउँपालिकामा ज्वरो, स्क्रब टाइफस र सरोकारसम्बन्धी रोगका बिरामी बढ्दै गएको स्वास्थ्य शाखाको भनाइ छ ।

“उच्च ज्वरो देखिएकाको रगत परीक्षणको तयारी भइरहेको छ । अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल रिफर गर्दै आएका छौं,” बस्नेतले बताउनुभयो ।

असोज महिनामै स्क्रब टाइफसबाट एक र ज्वरोका कारण तीनजनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले स्थानीय स्तरमा रोगको पहिचानमा ढिलाइ र आफैं औषधी सेवन गर्ने प्रवृत्तिका कारण जोखिम बढ्दै गएको वताउनुभयो । उहाँका अनुसार स्क्रब टाइफसको जोखिम बढेपछि अहिले प्रभावित क्षेत्रमा गएर रगत परीक्षण र निगरानी कार्य तीव्र रूपमा भइरहेको छ ।

यसैबिच जिल्लामा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरू गाउँगाउँमा पुगेर सङ्क्रमितको पहिचान तथा सचेतना अभियानमा जुटेका छन् ।

जिल्लाको बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा रहेकाले स्वास्थ्य सेवा कार्यालय सल्यानले ती क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै सङ्क्रमितको खोजी कार्य थालेको हो ।

शारदा नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका सङ्क्रमणको उच्च जोखिममा छन्। शारदा नगरपालिकाभित्र सल्यान जिल्ला अस्पताल अवस्थित रहेकाले अधिकांश सङ्क्रमितले अस्पतालबाटै सेवा लिइरहेका छन् भने बागचौर र छत्रेश्वरीमा स्वास्थ्य टोली स्वयं गाउँ पुगेर परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बागचौर नगरपालिका–४ मा आयोजित शिविरमा ३३ जनाको रक्त परीक्षण गर्दा १० जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । त्यस्तै, छत्रेश्वरी गाउँपालिकामा ३७ जनाको परीक्षण गर्दा ८ जनामा स्क्रब टाइफस पोजेटिभ र २ जनामा डेंगु पोजेटिभ भेटिएको छ ।

जनस्वास्थ्य अधिकृत तारा रिजालले शिविरमा सहभागी बिरामीलाई स्क्रब टाइफस, डेंगु लगायत रोगहरूको जानकारी, सङ्क्रमण हुने तरिका र बच्ने उपायबारे समेत जानकारी दिइएको बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ । तीमध्ये अधिकांशको सल्यान जिल्ला अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार