मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

काठमाडौं म्याराथन १७औं संस्करणको तयारी पूरा

प्रतियोगिताको नाम सिद्धार्थ बैंक १७औं काठमाडौं म्याराथन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा हुने काठमाडौं म्याराथनको १७औं संस्करणको तयारी पूरा भएको छ।

आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले शनिबार विज्ञप्ती जारी गर्दै आगामी कात्तिक १५ गते हुने काठमाडौं म्याराथनको तयारी पूरा भएको जनाएको हो। काठमाडौं म्याराथनको १३औं संस्करणले सिद्धार्थ बैंकको साथ पाएको छ। एनआरएसले अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक १७औं काठमाडौं म्याराथन हुने जनाएको छ।

यसपल्ट कुल १३ विधामा प्रतिस्पर्धा हुँदै छ। यस पटक म्याराथन (४२.१९५ किमी) मा खुला, ४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि गरी तीन विधामा हुनेछ। हाफ म्याराथनमा पनि खुला, ४० र ५० वर्षमाथि गरी समान तीन विधामा धावकले चुनौती प्रस्तुत गर्नेछन्।

१० किलो मिटर मास्टर्समा खुला, ५ किमीमा खुला, ५.३ किमीमा खुला, विद्यालय तथा फन रन गरी १३ विधा समावेश गरिएको आयोजकले उल्लेख गरेको छ। आयोजकका अनुसार हालसम्म प्रतियोगितामा एक सय ६ विदेशीसहित १६ राष्ट्रका तीन हजारभन्दा बढी धावक र धाविकाले आफ्नो नाम दर्ता गरिसकेका छन्। कात्तिक १० गते सम्मका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। काठमाडौं म्याराथन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि सुरु हुनेछ।

त्यहाँबाट सुरु भई थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, बोडे, सानोठिमी, तीनकुने, पशुपतिनाथ, गौशाला, चाबाहिल, महाराजगञ्ज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुँदै दशरथ रंगशालामा नै आएर सम्पन्न हुनेछ। म्याराथन बिहान ५ः३० बजे सुरु हुनेछ आयोजकले जनाएको छ। त्यसपछि प्रत्येक पाँच मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुने भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार