काठमाडौँ । कमजोर प्रदर्शनका कारण नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको छ।
आइतबार दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २६३ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपाल ४० ओभरमै सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो।
नेपालका दीपेन्द्र सिंह ऐरीले ४० र आसिफ शेखले ३७ रन बनाए भने अन्य ब्याटर चलेनन्। कप्तान रोहित पौडेल २ रनमै आउट भए। अमेरिकाका हरमीत सिंहले शानदार बलिङ गर्दै ५ विकेट लिए।
पहिलो इनिङ्समा अमेरिकाका स्मिथ पटेलले ७५ र मिलिन्द कुमारले अविजित ६८ रन जोडे। सन्दीप लामिछानेले २ विकेट लिए।
यो जितसँगै अमेरिकाको लिग–२ अंक ३० पुगेको छ भने नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ। अब नेपालले शृंखलाको दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया