श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

गर्भवतीका लागि ‘अल्ट्रासाउण्ड’ सेवा निःशुल्क पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, ११ कात्तिकः सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो ।

स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहनुुभएको छ । यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउण्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ ।

स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई अल्ट्रासाउण्ड मार्फत् सेवा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताउनुभयो । अल्ट्रासाउण्ड मार्फत नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुनेछ । उहाँले भन्नुभयो, “गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौँ । साथै गर्भावस्थामा कुनै जटिलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार