श्रावण १९, २०८३ मंगलबार August 4, 2026

किस्ट अस्पताल र मृतकका आफन्तबीच सहमति

मृतकको उपचार हुँदा लागेको खर्च र शिशुको पेडियाट्रिक समयसम्म उपचार खर्च छुट दिन अस्पताल राजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक ११ गते । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र उपचारकोक्रममा मृत्यु भएकी महिलाका आफन्तबीच सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफलपछि सहमति भएको हो । नवजात शिशुको उपचार र अध्ययनका लागि सहयोग गर्ने सहमति गरिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकले जानकारी दिनुभयो।

उहाँ भन्नुहुन्छ, “मृतकको उपचार हुँदा लागेको खर्च र शिशुको पेडियाट्रिक समयसम्म उपचार खर्च छुट दिने सहमति भएको छ ।”

सहमतिपछि मृतकका परिवार तथा आफन्तले अस्पतालमा श्रद्धान्जली सभा गरेर शव बुझ्ने तयारी गरेका छन् ।

नर्मल डेलिभरी (सुत्केरी) हुनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमबार अस्पताल तोडफोड गरेका थिए ।

मिनाश्री राई सुत्केरी भएपछि रक्तस्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

आफन्तले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै  प्रदर्शन गरेका थिए । सोमबार प्रहरी र मृतकका आपन्तबीच झडप भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार