मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप लिग–२ मा अमेरिकाको लगातार दोस्रो जीत, यूएई ४ विकेटले पराजित

यूएईसँगको खेलमा प्लेयर अफ द म्याच शुभम रन्जने चुनिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ  । अमेरिकाले विश्वकप लिग २ क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिकाले दुबईमा मंगलबार घरेलु टोली यूएईलाई ४ विकेटले हरायो ।

मिलिन्द कुमारले लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएपछि अमेरिकाले २ सय १२ रनको लक्ष्य ५ बलअघि २ सय १३ रन बनाई पूरा गरेको थियो । अमेरिका २२ खेलमा ३२ अंक जोड्दै शीर्षस्थानमा छ भने

यूएई ६ अंकसहित पुछारमा छ । यूएईले १७ मध्ये १४ खेलमा पराजय भोगिसकेको छ । मिलिन्दले ८१ बलमा ४ चौका र १ छक्कासहित ७१ रन बनाए । नेपालविरुद्धको खेलमा पनि उनले ५० बलमा अविजित ७० रन बनाएका थिए । तर यूएईसँगको खेलमा प्लेयर अफ द म्याच शुभम रन्जने चुनिए । उनले ८१ बलमा ४ चौकासहित अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिए । कप्तान मोनांक पटेलले ६७ बलमा ५ चौकासहित ५० रन बनाए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ११ रन बनायो । हर्षित कौसिकले ५४ बलमा १ चौका र ४ छक्कासहित ५३, कप्तान राहुल चोपडाले ५९ बलमा ३६, मोहम्मद सहदादले ७९ बलमा ३४, शोएब खानले २७ र मोहम्मद वसिमले २१ रन बनाए । अमेरिकाबाट पूर्वकप्तान सौरभ नेत्राभाल्करले ३ तथा जसदीप सिंह र रन्जनेले २–२ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार