श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

अब कोही पनि नागरिक पहिलेको जस्तो सामान्य उपचारका लागि पनि ठूला सहरमा जान नपर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ढोरपाटन (बागलुङ), १३ कात्तिकः बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि  पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नगरपालिकाले २०७९ पौस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी वडा नं ५ को हरिचौरमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिले वार्षिक ५० जना सुत्केरी हुन आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर करिब २०० पुगेको नगर अस्पताल प्रमुख डा राजेश पौडेलले जानकारी दिनुभयो । अस्पतालमा २०८१ असोज १६ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि पछिल्लो समय सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको उहाँको भनाइ छ ।
एक वर्षको अवधिमा ३५ जना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराइएको डाक्टर पौडेलले बताउनुभयो । गलकोटसँगै बागलुङको ढोरपाटन नगरापलिका, निसीखोला, ताराखोला, तमानखोला गाउँपालिकासहित गुल्मी र म्याग्दीका बिरामीले पनि यहाँबाट सेवा लिने गरेको डा पौडेल बताउनुहुन्छ ।
“अस्पतालप्रति विश्वास बढेर होला पछिल्लो समय धेरै बिरामी यहाँ आउनुहुन्छ, बागलुङका मात्रै होइन अन्यत्र जिल्लाबाट पनि बिरामी यस अस्पतालमा आएर सेवा लिइ राख्नु भएको छ, पहिले सुत्केरी हुनका लागि धेरै गर्भवती बागलुङ, पोखरा पुग्ने अवस्था थियो” डा पौडेलले भन्नुभयो, “अहिले यही आउने गर्नु भएको छ, अझ गतवर्षदेखि हामीले शल्यक्रियानै गर्न थालेपछि त झन् धेरै गर्भवती सुत्केरी हुन यहाँ आउनुहुन्छ ।”
टाढाबाट सुत्केरी हुन आउनेका लागि अहिले अस्पताल परिसरमै प्रसूति प्रतिक्षा घर सञ्चालनमा ल्याइएको छ । जहाँबाट सुत्केरी र सुत्केरीका आफन्तले अस्पतालमा बस्दासम्म खाने र बस्नेको सुविधा पाउने भएका छन् । अस्पतालमै खाना बस्नको सुविधा पाएपछि गर्भवती र उनका आफन्तलाई सहज भएको छ । अस्पतालमा घरकै जस्तो वातावरण रहेको बडिगाड गाउँपालिका–६ बाट बुहारीलाई सुत्केरी गराउन आउनु भएकी रुपा सुनारले बताउनुभयो । बुहारीको शल्यक्रिया गरेर नवजात शिशु निकालेको जनाउँदै आफू पाँच दिनदेखि अस्पतालमा रहेको प्रसूति प्रतिक्षा घरमै बस्दै आएको उहाँको भनाइ छ ।
सुनारले भन्नुभयो, “यसभन्दा अगाडि अरु अस्पतालमा बिरामी भएर गएका थियौँ, त्यहाँ बस्ने, उभिने पनि ठाउँ पाएका थिएनौँ तर यहाँ त बासनै बस्न पाइने खाना पकाएर खान पाइने सुविधा रैछ, यहाँका डाक्टर र नर्सले पनि बिरामीको धेरै ख्याल गर्नु हुँदो रैछ, धेरै खुसी लाग्यो, यहाँको जस्तो सुविधा अरु अस्पतालमा भए कति सहज हुन्थ्यो होला ?”
अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगर अस्पताल सञ्चालनमा आएपछि नागरिकले हजारौँ रकम खर्च गरेर टाढा जानु पर्ने बाध्याता हटेको बताउनुभयो । गाउँ ठाउँमै विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि नगरपालिकाले धेरै मेहनत गरेको उहाँको भनाइ छ । अब कोही पनि नागरिक पहिलेको जस्तो सामान्य उपचारका लागि पनि ठूला सहरमा जान नपर्ने प्रमुख गैरे बताउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार