श्रावण १९, २०८३ मंगलबार August 4, 2026

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, सङ्क्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको सङ्ख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था करुणा फाउण्डेसन नेपालले देशभरका ४२८ जनालाई कृत्रिम हात वितरण गर्ने भएको छ ।

फाउन्डेशनले आज एक विज्ञप्ति जारी गरी जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा सञ्चालन हुने सहयोग अभियानअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको जनाएको छ ।

फाउण्डेसनका सह निर्देशक दिनेश ढकालले यही कात्तिक १७ गतेदेखि २६ गतेसम्म कोशी प्रदेशको इटहरीमा कार्यक्रम सञ्चालन हुने र त्यस क्रममा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बताए । हालै कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेकामा देशभरका ४२८ जना सूचीकृत भएका जनाउँदै उनले पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई प्राथमिकता दिइएको बताए ।

यस्ता लाभग्राहीमा भोजपुरका १०, इलामका तीन, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुङ्गाका १९, पाँचथरका २२, सोलुखुम्बुका आठ, सुनसरीका आठ, तेह्रथुमका दुई र उदयपुरका २५ जना रहेका फाउण्डेशनले जनाएको छ ।

“यसरी वितरण तथा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका छन् । कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउनेछन्”, सह निर्देशक ढकालले भने, “पहिलो चरणमा कोशीमा सुरु हुने कार्यक्रममा प्रत्येक दिन २० देखि २५ जना लाभग्राहीलाई दुई समूहमा विभाजन गरी हात जडान गरिनेछ । यस कार्यका लागि जर्मनी, न्युजिल्याण्ड र युगान्डाका विज्ञहरूको टोली नेपाल आउँदैछ ।”

फाउण्डेसनले यस अभियानले हात गुमाएका व्यक्तिलाई पुनः आत्मबल र आत्मनिर्भर जीवनतर्फ फर्काउन मद्दत पु¥याउने विश्वाससमेत लिइएको जनाएको छ । नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, सङ्क्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको र हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्तिले विभिन्न प्रकारका कृत्रिम अङ्ग प्रयोग गरिरहेको पनि फाउण्डेसनले उल्लेख गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार