मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेधाज्ञा बारे पुनर्विचार नगरे भदौ २५ गतेबाट निषेधाज्ञा तोडेर पसल खोल्ने नाडाको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले निषेधाज्ञा बारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको भन्दै राज्यले तत्काल निषेधाज्ञा बारे पुनर्विचार नगरे भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।

नाडाले एक प्रेश विज्ञप्ति जारी गर्दै लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको छ । अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र काम गरौं ।’

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने नाडाको धारणा छ ।कोरोना संक्रमणका विषयमा विभिन्न मुलुकहरुले आ-आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको नाडाले स्मरण गराएको छ ।

दक्षिण पूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरेको भन्दै नाडाले संक्रमण रोकथामको एक मात्र उपाय लकडाउन हो भन्ने नभएको बताएको छ । यसैबिच नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारले निषेधाज्ञा नखोले जनताले आफैं तोड्ने बताए । उनले सरकारको नियम ६ महिनासम्म पालना गरेको र अब जनविद्रोह सुरु हुने चेतावनी दिए । उनले सरकारी कर्मचारी र राजनीतिज्ञहरुले मात्र बन्द गर्नुपर्छ भनेर आवाज उठाएको बताएका छन् ।

‘सरकारी कर्मचारीले कहिले पनि काममा जानुपर्छ भन्नु भएको छैन् । उहाँहरुले बन्द गर्नुपर्छ । कोरोना फैलिन्छ । घरमा बस्नुपर्छ, लकडाउन गर्नुपर्छ भन्नु भएको छ । किनभने उहाँहरुले घरमा बसेर तलब पाइहाल्नु भएको छ । व्यावसायी, उद्योगी बाहेक जति पनि कर्मचारी नेताले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको आवाज सुन्छौं हामी’, उनले भने ।

उनले अहिलेको अवस्थामा जनता शोक मनाएर बस्न नसक्ने बताए । अध्यक्ष दुलालले १ सय ८० दिन लामो लकडाउन कुनै पनि देशमा नभएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार