असार २२, २०८२ आइतबार July 6, 2025

लेग स्पिनर सन्दीपको सीपीएलमा उत्कृष्ट बलिङ : समूह चरणमा खेलैपिच्छे विकेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनको समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएको हो ।

सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले १०/१० वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाउनु भएन । बाँकी ९ वटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेन । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरेका थिए । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म ९ खेलमा १२ विकेट लिए ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाएका थिए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा १ विकेट लिएका थिए । उक्त खेलमा उनले ४ ओभरमा २३ रन खर्चिएका थिए । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले १ विकेट लिएको थियो । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिएको थियो । उक्त खेल राइडर्सले ७ विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले २ विकेट लिए। उनले सो खेलमा ४ ओभरमा ८ रन मात्र खर्चिए  । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएको थियो । तर सो खेलमा जमैका १४ रनले पराजित भयो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले १ विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका ५ विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले २ विकेट लिएको थियो । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।

यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले २ विकेट लिए । सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले १ विकेट लिए । ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २० रन दिए । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएन । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले १ विकेट लिन सफल भए । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उनले ४ ओभर बलिङ गदै २६ रन दिए । उक्त खेलमा जमैका ७ विकेटले पराजित हुनपुग्यो । समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरेका थिए । सेन्ट लुसिया विरुद्धको खेलमा उहाँले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र २० रन खर्चिए । तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।

सन्दीपको टोली जमैकाले भोली मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उहाँले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिनुभएको छैन । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएको त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि २ पटक सीपीएल खेलिसकेका छन् । पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो । सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन् । यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् । उहाँ दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार