श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चन्दा उठाएर गाउँघर क्लिनिक स्थापना

कर्मचारीबाहेकका सबै व्यवस्थापकीय काम औषधि, उपकरण र आवश्यकताअनुसारका अन्य कुरामा नगरपालिकाले सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गलकोट (बागलुङ), १५ कात्तिकः चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ ।
बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथैस्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो ।
शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उहाँले बताउनुभयो ।
गाउँघर स्वास्थ्य क्लिनिक सञ्चालनका लागि नगरपालिकाको १५ हजार ४०० रूपैयाँ, नारायणस्थान स्वास्थ्य चौकीको २८ हजार २३०, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन सम्बोधन परियोजनाको २७ हजार ४४५, टोल विकास संस्थाको १० हजार ५०० र टोल विकास संस्थाका अध्यक्ष होमनाथ ढकालको व्यक्तिगत १८ हजार सहयोग गर्नुभएको थियोे ।
यसैगरी, प्रगतिशील स्वास्थ्य आमासमूहको चार हजार २०० स्थानीय समाजसेवी गौरबहादुर पौडेल र उहाँकी धर्मपत्नी भद्रकला पौडेलको चार हजार ५००, स्थानीय मनकुमारी थापाको एक हजार २००, शिव प्राथमिक विद्यालयमा रहेको भवनको एक कोठाको सहयोग गरी एक लाख नौ हजार ४७५ लागत साझेदारी कार्यक्रममार्फत क्लिनिकको सञ्चालनमा ल्याइएको हो । गाउँघर क्लिनिकलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न सङ्घसंस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कर्मचारीबाहेकका सबै व्यवस्थापकीय काम औषधि, उपकरण र आवश्यकताअनुसारका अन्य कुरामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियोे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार