मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक पत्रकारको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक पत्रकारको निधन भएको छ ।

कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील पत्रकार ६२ वर्षीय बनारसी वर्माको सोमबार दिउँसो निधन भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए ।

मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साँझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

उनी नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए । पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध संघ संस्थाले समवेदना प्रकट गरेका छन् । स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौलिहवाको वाण गंगा नदीको रामघाटमा दाह संस्कार गरिएको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार