श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जिल्ला अस्पतालमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु

हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, १६ कात्तिक : यहाँस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ । जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ आउनुभएसँगै सो सेवा भए पुनः सुरु भएको हो । हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिनुभयो ।

शल्यक्रिया सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने जनाइएको छ । यस्तै, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।

त्यसैगरी, पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डीसम्बन्धी समस्याको उपचार र सबै प्रकारका हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचार जिल्ला अस्पतालमै हुनेछ ।

जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ आएसँगै हाडजोर्नी र नशासम्बन्धी सामान्य समस्याका लागि पनि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पातलमा अहिले तीन जना विशेषज्ञसहित १० चिकित्सकले सेवा दिइरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार