श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मधेश प्रदेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीहरु आन्दोलित

स्वास्थ्यकर्मीहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । मधेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन। निजी स्वास्थ्य संस्थाहरूमा श्रमशोषण भएको भन्दै स्वास्थ्यकर्मीहरुले ८ सुत्रीय मागसहित आन्दोलन सुरु गरेका हुन ।

आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ । नेपाल सरकारको नियम अनुसार तलब स्केल लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ ।

मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले मनोबलमा गिराउने काम भएकोले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ । स्वास्थ्यकर्मीहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको छ। सेवाग्राहीहरु समस्यामा परेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार