श्रावण १९, २०८३ मंगलबार August 4, 2026

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपछि डायलाइसिस सेवाका लागि विशेषज्ञ चिकित्सक, उपकरण र भौतिक संरचनाको अभाव देखिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गलकोट (बागलुङ), १७ कात्तिकः नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गर्नुभएको छ । उहाँले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताउनुभयो । सो अस्पतालले हाल ६० जना मिर्गाैला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ ।
“मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सीमित छ, पोखरामा डायलाइसिस गरिरहेको थिएँ, अहिले जिल्लाकै अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुबै बचेको छ, घरबाटै आउन जान सकिन्छ,” उहाँले भन्नुभयो “अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।”
अस्पताल भवन र आवश्यक उपकरण थप भएमा अझै धेरै बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ । पछिल्लो समय धौलागिरी प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको सङ्ख्या बढ्न थालेको अस्पतालले जनाएको छ । एक वर्ष अघिसम्म डायलाइसिसको लागि पालो कुर्नुपर्ने बिरामी शून्य रहेपनि अहिले धेरै बिरामी डायलाइसिस गराउन नाम टिपाउने गरेका छन् ।
अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको छ । जनशक्ति र भवन थप गर्न सकेमा अझै बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।
अस्पतालले गत वर्षमात्रै डायलाइसिस सेवा विस्तार गरेपनि अहिले बिरामीको सङ्ख्या बढेर विभिन्न अस्पतालमा डायलाइसिस गरेर २६ जनाले यस अस्पतालमा पालो पर्खिरहेका छन् ।  अस्पतालमा मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार दिन २०७५ सालमा दुई वटा मेशिनबाट सुरु भएको डायलाइसिस सेवा विस्तार गरी हाल ११ मेसिन थपिएपछि मिर्गौला पीडितलाई राहत मिलेको हो । अहिले अस्पतालमा चार चरणमा ६०  जना बिरामीले नियमित सेवा लिइराखेको अस्पतालले जनाएको छ ।
“गत वर्ष मिर्गौलारोगीको प्रतिक्षा शुन्य थियो, तर रोगीको सङ्ख्या वृद्धि भइरहेको छ, अस्पतालमा भौतिक संरचनाको अभाव छभने उपकरण बढाएर ११ पु-याउँदासमेत बिरामी थेग्न समस्या भइरहेको छ,” मेसु तिवारीले भन्नुभयो । डायलाइसिस कक्षमा मिर्गौलारोग विशेषज्ञको अभाव छ ।
तालिम प्राप्त स्टार्फ नर्सको भरमा डायलाइसिस सेवा प्रदान गरिरहेको र आवश्यक पर्दा जनरल फिजिशियनले सहयोग गरिरहेको अस्पतालको भनाइ छ । अहिले आठ जना स्वास्थ्यकर्मी डायलाइसिस कक्षमा सेवा दिइरहेका छन् । अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपछि डायलाइसिस सेवाका लागि विशेषज्ञ चिकित्सक, उपकरण र भौतिक संरचनाको अभाव देखिन थालेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार