श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै एक्सरे र भिडियो एक्सरे सेवा थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), १८ कात्तिक : पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।

नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ ।

अस्पताल प्रमुख डा सफल सापकोटाका अनुसार अस्पतालले यस अगाडि प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको थियो । “बागलुङ नगरपालिकाले एक जना मेडिकल अधिकृत र गण्डकी प्रदेश सरकारबाट एक जना गरी दुईजना मेडिकल अधिकृत कार्यरत छौँ, अस्पतालले अहिले गर्भवतीका लागि भिडियो एक्सरे सेवा र एक्सरे सेवा प्रदान गर्दै आएका छौँ”, डा सापकोटाले भन्नुभयो, “समयमै भवन निर्माण नहुँदा चुनौतीका बीच सेवा विस्तार भइरहेको छ, आधारभूत अस्पतालबाटै दुई जना मेडिकल अधिकृतले सेवा दिनु भनेको राम्रो हो, स्वास्थ्य बीमाको सेवा विस्तारको योजनामा छौँ ।”

हालै एक जना मेडिकल अधिकृत थप गरिएको र एक्सरे उपकरण, रेडियोग्राफरबाट एक्सरे सेवा प्रदान गरिएको बागलुङ –१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेर २०७८ साल असारबाट रु १८ करोड लागतमा भवन निर्माण थालिएको थियो । निर्माण कम्पनीले भवन २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । भवन निर्माणका लागि तेस्रोपटक २०८३ असार १९ गतेसम्म म्याद थप गरिएको छ । समयमै भवन नबन्दा भौतिक संरचनाको भने अभाव खड्किएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार