कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बाँकेमा रुकुमेलीले जोगाउँदै ‘सिद्ध साइँकुमारी मेला’

मेलामा दिनभर विशेष पूजाआजा हुने गरेको छ भने रातभर रुकुमको लोक संस्कृति झल्किने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
राँझा (बाँके), १९ कात्तिक  :  नेपालगञ्जको कण्ठिपुरमा यतिबेला बेग्लै रौनक छ । रुकुमबाट बसाइँ सरेर आएकाहरुले प्रसिद्ध सिद्ध साइँकुमारी मेलामा जुटेपछि रौनक छाएको हो ।
रुकुमबाट बसाइँसराइ गरी नेपालगञ्ज क्षेत्रमा आएका रुकमेलीहरुले रुकुममा प्रसिद्ध सिद्ध साइँकुमारी मेलाको सम्झनामा यहाँ मेला आयोजना गरेको मन्दिर व्यवस्थापन तदर्थ समितिका अध्यक्ष कलबहादुर वलीले बताउनुभयो ।
“सिद्ध साइँकुमारी मेला संस्कृतिको संरक्षण गर्दै आपसी एकता र सामाजिक सद्भावको लागि मेला आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “मन्दिरलाई थप व्यवस्थित गर्दै सिद्ध साइँकुमारी मेला परम्परालाई नेपालगञ्जमा स्थापित गर्न हामी लागि परेका छाँै ।”
नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठिपुरस्थित सिद्ध साइँकुमारी देवी भगवती मन्दिर परिसरमा सुरु भएको यो मेला एउटा धार्मिक पर्व मात्र नभएर रुकुमबाट बसाइ सरेर आएकाहरूको आपसी एकता र सामाजिक सद्भावको कडी भएको वलीको भनाइ छ ।
सोमबारदेखि सुरु भएको यो मेलामा दिनभर विशेष पूजाआजा हुने गरेको छ भने रातभर रुकुमको लोक संस्कृति झल्किने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।
मेला हेर्नका लागि स्थानीयको बाक्लो उपस्थिति रहने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव शम्भु नाथ बताउनुहुन्छ । यो मेला बुधवार रातिसम्म सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।
सिद्ध साइँकुमारी मेलाले आफ्नो मौलिक परम्परालाई जीवन्त राख्दै नयाँ पिँढीलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी हुने गरेको उहाँको भनाइ छ । मेलामा बाँके जिल्लाका अन्य स्थानीय तहबाट सर्वसाधारणको सहभागिता हुने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार