मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रियल लिभरपुलसँग १–० ले पराजित

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले भने स्लाभिया प्रागलाई ३–० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एलेक्स म्याक एलिस्टरले गरेको एक मात्र गोलको मद्दतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति रियल म्याड्रिडलाई १–० ले हराएको छ । लुइस डियाजले दुई गोल गरेपछि बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो ।

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले भने स्लाभिया प्रागलाई ३–० ले हरायो । त्यसमा सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका म्याक्स डाउमन प्रतियोगिताकै इतिहासमा खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले यो उपलब्धी १५ वर्ष ३ सय ८ दिनमा चुमेका हुन् ।

बायर्न तथा आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन् र उनीहरूले सबै चारै खेल जितेका छन् । एनफिल्डमा भएको खेलमा रियलका लागि गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ गरेर छ पल्टको च्याम्पियन लिभरपुललाई साँघुरो जितमा रोकेका थिए ।

अन्य खेलमा एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोड/गिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले हरायो । यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार