श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

उपत्यकामा निषेधाज्ञा हटाउने बिषयमा सिडिओहरुको बैठक बिना निष्कर्ष टुंङ्गियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञाका बारेमा निर्णय गर्न बसेको बैठक निष्कर्ष बिहीन भएको छ ।

जारी निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने बिषयामा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियोहरु) बीच मत बाझिदा मंगलबार कुनै पनि निर्णय हुन नसकको हो । निषेधाज्ञा पूर्ण रुपमा नटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले युगखबर अनलाईनलाई जानकारी दिए ।

पूर्ण रुपमा निषेधाज्ञा नहटाउने तर नागरिकको जनजीविका सहज हुनेगरि निर्णय हुने उनको भनाई छ । निषेधाज्ञाको मोडालिटीमा केही छलफल भएपनि सम्बन्धित निकाय र व्यक्तिसँग छलफल नभएका कारण मंगलबार निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए ।

यसबारेमा बुधबार छलफल हुने उनले बताए । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २४ गते राती सकिदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया