श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कोरोनासँग ‘लिभिङ टुगेदर’ बस्नुपर्छः रक्षामन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरससंगै जिवन यापन गर्नु अर्थात ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उपत्यकाका प्रतिनिधि सभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन् । महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने उनको भनाइ छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका उनले लकडाउन खुकुलो भएपछि बढेको आवत–जावतले उपत्यका सङ्क्रमणको उच्च जोखिममा रहेको बताए ।

उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेशनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया