मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने

नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने भएको छ ।

भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर १३ देखि १९ सम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो । नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालको सामना गर्नेछ ।

शृङ्खला खेल उत्तराखण्डको चिदरवालास्थित आयुश क्रिकेट एकेडेमीमा हुनेछ । क्यानले भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषण गरेको छ । टोलीमा १० परिवर्तन भएको छ ।

मलेसियासँग ट्वान्टी २० शृङ्खला खेलेको टोलीबाट सीता रानमगर, राजमति ऐरी, कविता जोशी, रुवी पोदार, रचना चौधरी, यशोदा विष्ट, रिया शर्मा, सम्झना खड्का, सावित्री धामी र सोमु विष्ट बाहिरिएका छन् ।

यसैगरी अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल र  लक्ष्मी साउद टोलीमा अटाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार