असोज ११, २०८३ आइतबार September 27, 2026

पोर्चुगलका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी बने रोनाल्डो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २-० ले हरायो ।

युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

दाइले सन् १९९३-२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ । प्रतियोगिताको अर्को खेलमा ओलिभर जिरोडको ४०औं अन्तर्राष्ट्रिय गोलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हरायो । यो सन् २०१८ को विश्वकपको पुनरावृत्ति पनि रह्यो ।
चेल्सीका स्ट्राइकरले फ्रान्सका लागि कीर्तिमानी गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमान भने थिएरी हेनरीको नाममा छ । उनले ५१ गोल गरेका छन् । मंगलबारका अर्को प्रमुख खेलमा इंग्ल्यान्डले डेनमार्कसँग निराशाजक गोलरहित बराबरी खेल्यो भने बेल्जियमले आइसल्यान्डलाई सजिलै ५–१ ले हरायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया