भाद्र १०, २०८३ बुधबार August 26, 2026

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात

नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २६ गते । नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर मनकेसी चौधरीले सर्वाधिक अविजित ६१ रन बनाउनुभयो । उहाँले २२ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै विनीता पुनले १३ र सुस्मा तामाङले अविजित चार रन जोड्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । श्रीलङ्काको लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै सान्दुनी सौमाया १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी कान्ती योगीले तीन विकेट लिनुभयो । विनीता पुन र लक्ष्मी लामाले एक एक विकेट झार्नुभयो । नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच हुनुभयो । नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार