असार २४, २०८२ मंगलबार July 8, 2025

ग्रीसको आप्रवासी शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो ।

उक्त द्वीपको प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिए । उनले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको बताए ।

उनले भने, “यहाँ निकै कठिन अवस्था उत्पन्न भएको छ किनभने बाहिरबाट भित्र गएका केही व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।” आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन् ।

प्रहरीका अनुसार आगलागी अबेर राति शुरु भएको थियो । तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । लकडाउनको विरोधमा जानाजान आगो लगाइएको हो कि भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

स्वास्थ्य अधिकारीहरुले मंगलबार शिविरमा रहेका ३५ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेका थिए । निकै बाक्लो संख्यामा रहेका आप्रवासीमा कोभिड–१९ संक्रमणको खतरा भएपछि व्यापक रुपमा परीक्षण गर्न आदेश दिइएको छ । कोरोना पुष्टी भएका व्यक्तिहरुलाई अलग स्थानमा राखेर उपचार शुरु गरिएको छ ।

बुधबार बिहान दङ्गा प्रहरी पनि परिचालन गरिएको छ । गैरकानुनी रुपमा युरोप प्रवेश गर्न खोज्नेहरुका लागि सन् २०१५–१६ मा लेस्बोस निकै व्यस्त प्रवेश विन्दु रहेको थियो । सिरिया र इराक युद्धका कारण भागेका यी आप्रवासीहरु प्रायः टर्की हुँदै ग्रीसको लेस्बोस आउने गरेका थिए ।

ठूलो संख्यामा आप्रवासी आएपछि ग्रीसले लेस्बोस र अरु चारवटा द्वीपमा शिविरहरु खडा गरेको छ जसको व्यवस्थापनमा युरोपेली युनियनले आर्थिक सहायता गरिरहेको छ ।-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार