असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानमा उपराष्ट्रपति लक्षित बम विस्फोट, कम्तीमा १० जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगानिस्तानमा उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर बम बिष्फोट भएको छ । राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु समेत रहेको बताइएको छ ।

बम विस्फोटपछि उपराष्ट्रपति सलेहले आफ्नो एउटा हात सामान्य जलेको जानकारी दिए । आफूलाई लक्षित गरी आक्रमण भए पनि उनले राजनीतिक यात्रा नरोकिने बताएका छन् ।

अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया