मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एसियन कप छनोट : नेपाल मलेसियासँग १–० गोलले पराजित

खेलको अन्तिममा १० खेलाडीमा समेटिएको नेपालको गोल फर्काउने योजना असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल मलसियासँगको दोस्रो खेलमा पनि पराजित भएको छ ।

अन्तिम चरणको छनोटअन्तर्गत क्वालालम्पुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग १–० गोलले पराजित भयो ।

मलेसियाको जितमा फैसल हलिमले ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । नेपालले मलेसियासँग ६ महिनामा दोस्रो हार खेपेको हो । यसअघि यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको थियो ।

खेलको अन्तिममा १० खेलाडीमा समेटिएको नेपालको गोल फर्काउने योजना सफल भएन । ९०औँ मिनेटमा लाकेन लिम्बूले विपक्षीलाई फल हानेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो ।

नेपालको यही गल्तीमा मलेसियाले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने थियो ।

तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि मलेसियाकै मैदानमा खेल्नु परेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार