श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

डा.कल्पना कुमारी श्रेष्ठ शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर ३ गते । सरकारले शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

डा. श्रेष्ठ प्रत्यारोपण केन्द्रको बरिष्ठ चिकित्सक हुनुहुन्छ । यसअघिका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि उक्त पद रिक्त थियो।

यसैगरी, बैठकले जेनजी आन्दोलनका दुई हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया