मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

जोश ब्राउनको धमाकेधार ६८ रनबाट सुदूरपश्चिम विजयी, पोखराले लगातार दोस्रो हार बेहोऱ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले हराएको हो ।

१९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रनमात्रै बनायो । पोखराले खराब सुरुवात गर्यो । पावरप्ले मै टोलिले तीन विकेट गुमायो ।

ओपनर पनि चल्न सकेनन् । आडम रोसिङ्टन १ रनमा आउट हुँदा अर्का ओपनर दिनेश खरेल ६ रनमै पेभेलियन फर्किए ।

कप्तान कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । जिम्मी निशमले ४७ रन जोडे । २५ बल खेलेका उनले ५ छक्का र दुई चौका प्रहार गरे । डान डाउथवेटले ३७ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंह र नरेन दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए भने अभिनाश बोहरा र स्कट कुग्लेजिनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो ।

उसका लागि जोस ब्राउनले ६८ रनको योगदान दिए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले ४३ रनको योगदान दिए भने क्रीश लिनले ३१ रन जोडे । १३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

वलिङतर्फ पोखराका जेम्स निशमले तीन तथा डान डाउथवेट र आकश चन्दले दुई दुई विकेट लिए ।

पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाइ २९ रनले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार