श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त हरेराम कुर्मी बाराबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न थप एक जना अभियुक्तलाई बारा प्रहरीले बिहिबार अपरान्ह बाराको कोल्हवी नगरपालिका ४ सपहीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्र कडेलको नेतृत्वमा खटिएको टोलीले फरार अभियुक्त बारा महागढीमाई नगरपालिका-२ तेलकुवा निवासी तत्कालिन माओबादीका कार्यकर्ता ४५ वर्षीय हरेराम प्रसाद कुर्मी (पटेल) लाई अपरान्ह ३ बजे पक्राउ गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

बारा जिल्ला अदालतबाट दोषी ठहर भई झन्डै १३ वर्ष देखी लुकीछिप्पी बस्दै आएका पटेललाई पक्राउ गरिएको उनले जानकारी दिए । ईनर्वासिरा गाविस–९ हाल जितपुरसिमरा उपमहानगरपालिका–१९ ईनवौसिरा निवासी पत्रकार विरेन्द्र साहलाई ३४ बर्षको उमेरमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका पटेल सहितका ५ जनाले अपहरण गरी निर्ममता पुर्वक हत्या गरेका थिए ।

पत्रकार साहको अपहरणमा संलग्न बाराका तत्कालिन जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम पटेल, रामएकबाल सहनी र मनेजर गिरी समेतले २०६४ असोज १८ गते ढोढियाको पिपरा बजारबाट अपहरण गरी टांगिया बस्ती नजिकको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।

पत्रकार साहको शव अपहरण भएको ३४ दिन पछि साविक गाविस डुमरवाना–७ को टाँगिया बस्तीको जंगलमा गाडिएको अवस्थामा कातिक २२ गते फेला परेको थियो । पत्रकार साहका हत्यामा संलग्न रहेका साविक गाविस ईनर्वासिरा गाविस–९ बस्ने ३४ वर्षीय मनेजर गिरी, र साविक गाविस खोपवा–८ निवासी २६ वर्षीय रामएकबाल सहनीलाई बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो ।

गिरीलाई ०६५ असोज १९ गते तथा सहनीलाई ०६५ पुस २१ गते बारा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम प्रसाद पटेल र लालबहादुर चौधरीको हकमा पुनरावेदन अदालत हेटौडाले ०६९ साउन १६ गते र सर्वोच्च अदालतले ०७३ पुस २० गते फरार रहेकाले करार सुचीमा राखी मुद्दा मुल्तबिमा राखेको थियो ।

पत्रकार साहको हत्या अभियोगमा मनेजर गिरी, रामएकबाल सहनी र कुन्दन फौजदार वीरगंजमा कारागारमा छन । हत्याका मुख्य अभियुक्त लालबहादुर चौधरी अझै फरार रहेको प्रहरी उपरीक्षक पगेनीले बताए ।

स्वर्गिय पत्रकार साह तत्कालिन अवस्थामा एभिन्यूज टेलिभिजन, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि सप्ताहिक, रेडियो नेपाल, मनोकामना एफएम लगायत आधा दर्जन बढी मिडियामा कार्यरत थिए । साहका श्रीमतिले हत्यारालाई फाँसीको सजाय दिन सरकारसित माग गरेन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार