मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मैत्रीपूर्ण महिला फुटबल: नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित

नेपालले अब यही मङ्सिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इन्डोनेसिया। अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो।

खेलको २० औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरिन्। तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरिन्। खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई खेलको दोस्रो हाफमा इन्डोनेसियाले दुई गोल गर्दै हरायो।

खेलको ५८ औँ मिनेटमा इन्डोनेसियाकी कप्तान गिया युमन्दाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन्। ६७ औँ मिनेटमा औलिया अरिफाले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरिन्। उक्त प्रतियोगितामा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) भने चोटका कारण उपस्थित थिइनन्।

पछिल्लो पटक नेपालले इन्डोनेसियालाई हराएको थियो। सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीसँग भेट भएको थियो। त्यतिबेला नेपालले इन्डोनेसियालाई २-१ गोलअन्तरले हराएको थियो।

यसैगरी सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८-० गोलअन्तरले हरायो । नेपालले अब यही मङ्सिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार