मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपिएल : काठमान्डु गोर्खाज प्लेअफ नजिक, कर्णाली याक्स संकटमा

काठमान्डुले १८ ओभरमै पाँच विकेटको क्षतिमा १५५ रन जोड्दै जित हात पार्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १४ गते । जेराल्ड इरसमस र जोन सिम्पसनको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफमा प्रवेश गर्ने सम्भावना थप बलियो बनाएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आइतबार साँझ भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफ उन्मुख बनेको हो।

जितसँगै लिगका ६ खेल सकिएको काठमान्डुको ८ अंक पुगेको छ। लगातार चौथो हार बेहोरेको कर्णाली याक्सको पाँच खेलबाट जम्मा २ अंक रहँदा उसको प्लेअफ सम्भावना अत्यन्त कमजोर बनेको छ।

यसअघि नै दुई खेल अगावै प्लेअफ सुरक्षित बनाएको अपराजित सुदूरपश्चिम रोयल्स पाँच खेलबाट १० अंकसहित शीर्षस्थानमा छ। पाँचै खेलबाट ८ अंक जोडेको विराटनगर किङ्स दोस्रो स्थानमा रहेको छ।

एक सय ५० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको काठमान्डुले १८ ओभरमै पाँच विकेटको क्षतिमा १५५ रन जोड्दै जित हात पारेको हो।

काठमान्डुका जेराल्ड इरसमस ४३ रनमा अविजित रहँदै प्लेयर अफ दि म्याच घोषित भए। उनले ३३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४, र मिलन्ड कुमारले १५ रन योगदान दिए। कर्णालीका नन्दन यादवले तीन तथा पवन सर्राफले एक विकेट लिन सफल भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कर्णालीका गुल्सन झा २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रनमा चम्किए। पवन सर्राफले ३५, मार्क वाटले ३० तथा निजिबुल्लाह जादरन र दीपक डुम्रेले समान १०/१० रन जोडे।

काठमान्डुको बलिङतर्फ रासिद खानले दुई विकेट लिए भने सन्तोष यादव, मिलन्ड कुमार र कप्तान करण केसीले एक–एक विकेट हात पारे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार