काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कुनै खेल नहुने भएको छ। क्यानले खेलाडीको थकान व्यवस्थापन र मैदान मर्मतका लागि आजलाई विश्राम दिन घोषणा गरेको हो।
भोलि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुनेछ। बिहान जनकपुर बोल्ट्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ भने अपराह्न कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
हालसम्म जनकपुरले सबै खेलमा हार ब्यहोर्दै शून्य अंकसहित पुछारमा छ। चितवन ४ अंकसहित मध्यम अवस्थामा रहेको छ। कर्णाली र पोखराले समान २–२ अंक जोडेर क्रमशः छैटौँ र सातौँ स्थानमा छन्।
सुदूरपश्चिम रोयल्स पाँचै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा काबिज छ। एनपीएलको फाइनल मंसिर २७ गते हुने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया