मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एन्फा अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा

फुटबलका सबै सरोकारवालालाई एकजुट बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजंग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहनुभएका विराटजंगले प्रेश विज्ञप्ती जारी गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

‘‘नेपाली फुटबल दयनीय अवस्थामा पुगेले यसलाई पुरानै लयमा फर्काउन प्रयत्न गर्नेछु । एन्फामा मौलाएको आर्थिक अनियमितता, भ्रष्टाचार तथा अवैधानिक कृयाकलाप र गुटगत विवादले फुटबल ओरालो लागेको छ । निर्वाचनमा सबै पक्षलाई समेटेर सुशासन स्थापना गर्नेछु,’’ उहाँले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

फुटबलका सबै सरोकारवालालाई एकजुट बनाउने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ । पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाको चार वर्षे कार्यकाल आगामी असारमा सकिँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार