फुङलिङ, मङ्सिर २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४, तेल्लोकमा मङ्गलबारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला–२०८२ सुरु हुने भएको छ।
किराँत लिम्बू लिपिका प्रचारक तथा याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्मजयन्तीको अवसर पारेर आयोजना हुने गोल्ड कप र मेलाको सम्पूर्ण तयारी सकिएको आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ।
उद्घाटनको दिन मङ्गलबार आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ.सी., इलामबीच प्रतिस्पर्धा हुनेछ। बुधबार भने न्यु स्टार क्लब, बिर्तामोड र वाइवाई पाँचथर एफ.सी. आमनेसामने हुनेछन्।
प्रतियोगितामा विदेशी क्लबको उपस्थितिसहित प्रतिस्पर्धा हुनेछ। मङ्सिर २७ गते पारिजात सङ्घ एफ.सी., भारत र मरिक एफ.सी., धरानबिच खेल हुनेछ भने २८ गते अन्तिम क्वाटरफाइनलमा सागुरिगढि एफ.सी., धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लब भिड्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया