मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति रामबरण यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ ।

युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निश्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार लगायतका समस्या स्वतः कम हुन्छ ।’

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए ।

‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर संविधानमा जान भर्ने जिम्मेवारी दलहरूकै हो’ पूर्वराष्ट्रपति डा. यादवले भने, ‘मधेशी, दलित, महिला, आदिवासी जनजाति लगायतका समुदायलाई राष्ट्र निर्माणमा सहभागी गराउन जनतालाई अधिकार सम्पन्न नगराई सम्भव छैन ।’

दक्षिण एसियाकै सबैभन्दा पुरानो देश भएर पनि नेपालमा राजनीतिक परिवर्तन छिटोछिटो भइरहेको उनको भनाइ छ ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले चुनाव महंगो हुँदा निर्वाचित जनप्रतिनिधिहरू नै जनताप्रति उत्तरदायी नभएको बताए । अहिलेको निर्वाचन प्रणालीमा जति नै लोकप्रिय र योग्य भए पनि खर्च गर्न नसक्ने व्यक्ति निर्वाचित भएर आउन असम्भव प्रायः रहेको बताए ।

आयोजक युएस-नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा. राजन पन्तले निश्पक्ष र धाँधलीरहित चुनाव बिना लोकतन्त्र बलियो हुन नसक्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार