मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता

कुशादेवी तेक्वान्दो डोजाङ्गको सहआयोजनामा हुने प्रतियोगितामा विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काभ्रेपलाञ्चोक, २५ मङ्सिरः पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । पनौती–१, २ र ३ को आयोजनामा कुशादेवीमा हुने तीन दिने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४०० खेलाडी सहभागी हुने जनाइएको छ ।
कुशादेवी तेक्वान्दो डोजाङ्गको सहआयोजनामा हुने प्रतियोगितामा विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले महिलातर्फ २० केजीदेखि ५८ केजीसम्म र पुरुषतर्फ २२ केजीदेखि ६० केजी तौल समूहकाबीच प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार यस्तै २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तस्रो मेडलसहित प्रथम ट्रफी, दोस्रो ट्रफी र नगद पुरस्कारसमेत उपलब्ध गराइनेछ ।
विसं २०५२ देखि पनौतीमा प्रशिक्षण सुरु गरिएकामा नगरबाट अन्तरराष्ट्रिय खेलमा सञ्जीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरेलगायत खेलाडीले ‘गोल्डमेडल’ (स्वर्ण पदक) जितिसकेका छन् ।
पछिल्ला महिनामा तेक्वान्दो सङ्घका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलङ्कामा आयोजित प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती–२ का कुशल हुमागाईं र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाईं, मलेसिया र थाइल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटालगायत सहभागी भई विभिन्न पदक प्राप्त गरिसकेका अवसरमा जानकारी गराइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार