मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

कीर्तिपुरमा लुम्बिनीको दबदबा, एनपीएलको उपाधि लायन्सको पोल्टामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणको ट्रफी उचालेको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ८५ रन बनाउँदै सबै विकेट गुमायो । सुदूरपश्चिमका ब्याट्सम्यानहरू लुम्बिनीका बलरहरूको सटिक आक्रमणसामु खुलेर खेल्न सकेनन् । कम लक्ष्यका बाबजुद लुम्बिनीले सावधानीपूर्वक खेल्दै जिततर्फ यात्रा तय गर्‍यो ।

लुम्बिनी लायन्सका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको महत्वपूर्ण योगदान दिनुभयो । कप्तान रोहित पौडेलले १६ रन जोड्दै टोलीलाई स्थिरता प्रदान गर्नुभयो भने डार्सी सटले १४ र निरोशन डिकवेलाले १० रन बनाउँदै लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउनुभयो । लुम्बिनीले लक्ष्य ६ विकेट बाँकी रहँदै भेट्टायो ।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका हेमन्त थामीले दुई विकेट लिँदै संघर्ष प्रस्तुत गर्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले समान एक–एक विकेट लिए पनि टोलीलाई उपाधिबाट टाढा राख्न सकेनन् । उपाधि जितसँगै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ मा आफ्नो दबदबा स्थापित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार