असार २२, २०८२ आइतबार July 6, 2025

सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । उनले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गरे ।

उनले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले स्पष्ट पारे, “विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्)को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ । ”

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरे । उनले भने, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार