असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना संक्रमणको सबैभन्दा तीव्र वृद्धि भारतमा- डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ। संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।

संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन्। यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ।

रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छयसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ।

योसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ।संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ। संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ।संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ। यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो।

संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृत्यु हुँदै आएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया