मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै

नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो । जसमा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेको हो ।

नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।

यस पटक घरेलु मैदानमा भएपनि एपीफमा सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता खेलाडी छैनन् । यस्तै सबिता राना मगर चोटका कारण खेल्न पाएकी छैनन् ।

मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले मुख्य खेलाडीहरू नभए पनि फाइनलमा उपाधि जित्नकै लागि खेल्ने बताएका छन् ।

इस्ट बंगाल र एपीएफ क्लब हालसम्म अपराजित छन् । दुवैले फाइनलसम्म आइपुग्दा कुनै गोल समेत कन्सिड गरेका छैनन् ।

इस्ट बंगालले लिग चरणमा चार मध्ये तीन खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । यता एपीएफले दुई खेल जित्दा दुई खेल बराबरी खेलेको थियो ।

एपीएफ र इस्ट बंगाल फाइनलअघि आफ्नो अन्तिम लिग खेलका भिडेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फाइनलसम्म आइपुग्दा इस्ट बंगाल बलियो टोलीको रूपमा देखिएको छ । यद्यपि एपीएफलाई घरेलु मैदानको र दर्शको एडभान्टेज छ ।

इस्ट बंगालले लिग चरणमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसपछि कराची सिटी एफसीलाई २-० र नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

यस्तै एपीएफले पहिलो खेलमै नसरिन स्पोर्ट एकेडेमीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार