असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा कोरोना संक्रमितको कूल संख्या साँढे ४९ लाख नाघ्यो- एकैदिन १ हजार ५४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या साँढे ४९ लाख नाघेको छ । संसारकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना उपचार पछि निको भएका छन् । ९ लाख ८९ हजार ८६० जना संक्रमितको उपचार भइरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ हजार ९ सय भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको हो । कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।

४० लाख २६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । तेस्रो प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट १ लाख ३२ हजार बढीको मृत्यु भएको छ । ३६ लाख बढीको उपचार सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया