मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

उपत्यकामा ६७६ सहित देशभर १ हजार ४५९ सङ्क्रमित थपिए- काठमाण्डौंमा मात्रै ५५५ जना सङ्क्रमित फेला परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डाैंः नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १३ पुरुष र ४४६ महिला गरी एक हजार ४५९ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौँमा ५ सय ५५ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

१० हजार ३७५ नमूना परीक्षण गर्दा सिरहामा १६२, मोरङमा १११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६/२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासी पूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११/११, तनहुँ र महोत्तरीमा नौ/नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ/आठ सङ्क्रमित थपिएका छन् ।

यस्तै कास्कीमा सात, धनुषा र झापामा छ/छ, गोरखा र दोलखामा पाँच/पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार/चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन/तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई/दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक/एक जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । १५ हजार ७७९ सक्रिय सङ्क्रमितमध्ये सात हजार ६४० होम आइसोलेसन र आठ हजार १३९ संस्थागत आइसोलेनमा छन् ।

यस्तै सात हजार २५० क्वारेन्टिनमा रहेका छन् । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेको छ ।

कोरोना निको हुनेको प्रतिशत ७१.५ छ । प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा १२३, गण्डकी छ, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ सङ्क्रमितको आइसियूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक/एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ३७१ पुगेको छ । कुल सङ्क्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर कोरोना भाइरसबाट दुई करोड ९४ लाख ५० हजार १९३ जना प्रभावित भएका छन् । कोरोनाबाट नौ लाख ३२ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार