मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लेवाण्डोस्कीको क्याम्प नोउ भविष्य अनिश्चित, साउदी लिग र एमएलएस क्लबको चासो

बार्सिलोनामा लेवाण्डोस्कीको भूमिका खुम्चिँदै, वैकल्पिक गन्तव्यतर्फ नजर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन (एजेन्सी) । स्पेनिस क्लब एफसी बार्सिलोनाका भेट्रान स्ट्राइकर रोबर्ट लेवाण्डोस्कीको क्याम्प नोउ बसाई अनिश्चित बनेको छ ।

जारी सिजनको अन्त्यसँगै सम्झौता समाप्त हुन लागेका ३७ वर्षीय पोल्याण्डका कप्तानलाई भित्र्याउन साउदी प्रो लिग र अमेरिकी मेजर लिग सकर (एमएलएस) का क्लबहरूले सक्रियता देखाएका छन् ।

विशेषगरी साउदीका केही ठूला क्लब र एमएलएसको शिकागो फायरले लेवाण्डोस्कीसँग प्रारम्भिक छलफल सुरु गरिसकेको स्रोतको दावी छ ।क्लबमा उनको भविष्यलाई लिएर चर्चा चुलिए पनि लेवाण्डोस्कीले भने आफू अहिले कुनै दबाबमा नरहेको र भविष्यबारे ठोस निर्णय लिन बाँकी नै रहेको बताएका छन् । उनले हालको ध्यान बार्सिलोनाबाट ला लिगा र च्याम्पियन्स लिग जित्नुका साथै पोल्याण्डलाई विश्वकपमा छनोट गराउनुमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय बार्सिलोनाको आन्तरिक रणनीति र युवा खेलाडीहरूको बढ्दो प्रभावले लेवाण्डोस्कीको भूमिका खुम्चिने संकेत देखिएको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा फेरान टोरेसले १३ गोल गर्दै उच्च प्रदर्शन गरिरहनु र क्लबले टोरेसको सम्झौता नवीकरणमा जोड दिनुले लेवाण्डोस्कीलाई आगामी दिनमा ‘रोटेसन रोल’ मा सीमित गरिने सम्भावना बढेको छ ।

बार्सिलोनाका लागि १ सय ६५ खेलमा १०९ गोल गरिसकेका लेवाण्डोस्कीले यस सिजनमा १८ खेलमा ८ गोल गरेका छन् । यद्यपि, क्लबले नयाँ सम्झौता प्रस्ताव गरे पनि उनको पारिश्रमिकमा भारी कटौती गर्ने सम्भावना र घाइते रहेका अन्सु फातीको पुनरागमनले गर्दा लेवाण्डोस्कीले आकर्षक प्रस्तावहरूलाई स्वीकार्न सक्ने अड्कलबाजी गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार