असार २२, २०८२ आइतबार July 6, 2025

आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपा बृत्तमा व्यापक विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त भएका हुन् । यससँगै गम्भीर प्रश्न उठेको छ कि, क्याबिनेट बैठकमा पेश भएका प्रस्ताव र सार्वजनिक हुने निर्णय फरक हुने ! सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाए । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ । डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् !

डा. खतिवडा सल्ललाहकार नियुक्त हुने खबर जनआस्थाको अनलाइन संस्करणले सोमबार नै सार्वजनिक गरेको थियो । बालुवाटारस्रोतले जनआस्थालाई बताएअनुसार अर्थ मन्त्रालयमा डमीका रुपमा एक महिला माननीयलाई राज्यमन्त्रीका रूपमा पठाउने र प्रधानमन्त्रीका विशेष सल्लाहकारका रुपमा मन्त्रालयचाहिँ डा. खतिवडाले चलाउने कुरा उल्लेख थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले फेरि आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपाबृत्तमा व्यापक विरोध भयो । त्यसपछि उहाँ त्यस्तो कदमबाट पछाडि हट्नु भएको छ । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार