कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बुधबार सुन तोलामा एक हजार १ सय रुपैयाँले घटेको हो ।

तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ तोलामा १२० रुपैयाँले घटेको छ । भाउ घट्दा तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा चाँदी कारोवार भइरहेको छ । मंगलबार चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया