मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भेनसलाई अस्ट्रेलियन ओपन वाइल्डकार्ड

भेनस विलियम्सले सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्कमा आयोजना हुने मुख्य ड्रमा प्रतिस्पर्धा गर्नु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेलबर्न, पुस १९ गते । सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उदघाटन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नु भएको छ ।

हालका वर्षमा सीमित सङ्ख्यामा मात्र एकल खेल खेलेकी भेनस विलियम्सले सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्कमा आयोजना हुने मुख्य ड्रमा प्रतिस्पर्धा गर्नु हुने छ । लामो समयपछि पुनः ग्रान्डस्लाम कोर्टमा फर्किन पाउँदा आफू निकै उत्साहित रहेको उहाँले बताउनु भएको छ ।

“म फेरि अस्ट्रेलिया फर्किन पाउँदा अत्यन्तै खुसी छु र अस्ट्रेलियाको गर्मीमा प्रतिस्पर्धा गर्न आतुर छु”, उहाँले भन्नुभयो, “त्यहाँ मेरा धेरै अविश्वसनीय सम्झना छन् र मेरो करियरका लागि निकै अर्थ राख्ने स्थानमा फेरि खेल्ने अवसर पाएकोमा म आभारी छु ।” भेनस विलियम्स पाँच पटककी विम्बल्डन च्याम्पियन तथा दुई पटककी युएस ओपन विजेता हुनुहुन्छ ।

अस्ट्रेलियन ओपनमा उहाँ सन् २००३ र २०१७ मा एकल फाइनलसम्म पुग्नुभएको थियो, यद्यपि उपाधि जित्न भने सक्नु भएको थिएन । उहाँ सन् २०१५ मा पहिलो चरणमै बाहिरिएपछि ४४ वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी जापानकी किमिको डेटपछि अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नु हुने छ ।

यो उपलब्धिले भेनसको लामो र प्रेरणादायी करियरलाई अझ ऐतिहासिक बनाएको छ ।  चार पटककी अस्ट्रेलियन ओपन डबल्स च्याम्पियन भेनस विलियम्सले १६ महिनाको विश्रामपछि गत वर्ष युएस ओपनमार्फत प्रतिस्पर्धात्मक टेनिसमा पुनरागमन गर्नु भएको थियो । उहाँले आगामी जनवरी १८ देखि फेब्रुअरी १ सम्म हुने अकल्यान्ड क्लासिकमार्फत अस्ट्रेलियन ओपनको तयारी सुरु गर्नु हुने छ ।

त्यसपछि उहाँ मेलबर्न जानुअघि होबार्ट इन्टरनेसनल प्रतियोगितामा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ । यसैबिच, दुई पटककी ग्रान्डस्लाम विजेता तथा साथी अमेरिकी खेलाडी कोको गाउफले भेनस विलियम्स अझै पनि शीर्षस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउनु ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिनु भएको छ । “उहाँ टेनिस खेलकी एक साँचो किंवदन्ती हुनुहुन्छ”, गाउफले भन्नुभयो, “उहाँलाई फेरि कोर्टमा देख्न पाउनु अत्यन्तै राम्रो कुरा हो । उहाँको करियरको दीर्घायु साँच्चै प्रेरणादायी छ र म उहाँलाई पुनः खेलेको हेर्न आतुर छु ।”रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार