मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), १९ पुसः व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो ।

व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । सोमबारको कार्यपालिकाको बैठकले म्याराथनको आवश्यक व्यवस्थापन गर्न सम्बन्धित वडाध्यक्षहरु समावेश गरी खेलकुद समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने ४४ किलोमिटर अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेट्ने छ । म्याराथन आयोजना हुने दिन नगरका छ वडाका विभिन्न सङ्घसंस्था, जातीय सङ्गठन, टोल विकास संस्थालाई एकीकृत गर्ने गरेको छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन व्यास–३, व्यास–४, व्यास–१०, व्यास–७ हुँदै व्यास–८ मा पुगेर टुङ्गिनेछ । प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रबद्र्धन र विकासको अभियान पनि हो ।”

प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।”

मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यहाँबाट देखिने कुहिरो र सूर्योदय हेर्नका लागि सयाँैको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

पुलिमराङसम्म भने त्यति पर्यटकको पहुँच पुग्न सकेको छैन । पुलिमरादङ सहिदभूमि पनि हो । यहाँ सहिद पार्क बनाइएको छ । पार्कमा विभिन्न कालखण्डमा सहिद भएका पुलिमराङका छ जनाको शालिक राखिएको छ । यहाँ स्वर्गीय भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको अर्धकदको शालिक छ ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु हुने म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार